लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका ७० जना पक्राउ

ओकेखबर संवाददाता २९ भाद्र २०७७, सोमबार १२:३८ मा प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

एजेन्सी । अस्ट्रेलियामा लकडाउनविरूद्ध प्रदर्शनमा उत्रिएका ७० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्रदर्शनमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

अस्ट्रेलियामा सोमबार बिहानसम्म २६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित खबरहरु