काेरोनाविरुद्ध चिनियाँ भ्याक्सिन १ लाख जनामा प्रयोग सफल

ओकेखबर संवाददाता २७ भाद्र २०७७, शनिबार २०:१७ मा प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

एजेन्सी । चिनियाँ भ्याक्सिन उत्पादक कम्पनी चाइना नेसनल बायोटक ग्रुप (सिएनबिजी)ले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन संसारमै सफल देखिएको छ । अहिलेसम्म १ लाख भन्दा धेरै व्यक्तिले यो भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाएका सबैजनामा कुनै पनि प्रकारको साइड इफेक्ट्स छैन ।

एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन लगाएकी एक महिला बिरामी भएपछि अहिले उक्त भ्याक्सिनको परीक्षण रोकिएको छ । चिनियाँ कम्पनीले रिकम्बिनेन्ट एडिनोभाइरस भेक्टर भ्याक्सिनमा जोड दिँदै भ्याक्सिन निर्माण गरेका छन् । कम्पनीको डाटा अध्ययन गर्दा अहिलेसम्म १ लाख भन्दा धेरै व्यक्तिले लगाएका र कुनै पनि नराम्रो असर नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ स्वास्थ्य विशेषज्ञले भ्याक्सिन सुरक्षित देखिएपछि भनेका छन्, ‘चीनले एक पटक कोरोनाविरुद्धको लडाईँमा आफूलाई अब्बल सावित गरेको छ । भ्याक्सिन पूर्णरुपमा सुरक्षित पाइएको छ । चीनको आलोचना गर्ने पश्चिमा देशहरुलाई यो गतिलो जवाफ हो । उनीहरुले हाम्रो देशको भ्याक्सिन विकासमा सुरक्षा र गुणस्तरमा प्रश्न उठाएका थिए ।’ भ्याक्सिनको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि रहेको चीनले महामारी रोकथाम तथा नियन्त्रणमा पनि संसारमै उदाहरणीय सफलता प्राप्त गरेको थियो ।

 

सिएनबिजीका सल्लाहकार झोउ सोङ्गले चीनले तत्काल प्रयोग गर्नका लागि तीन वटा कोरोनाविरुद्धका भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । त्यसमध्ये सिएनबिजीले विकास गरेको भ्याक्सिन पनि एक हो । यो भ्याक्सिन हाइरिक्स ग्रुप अन्तरगत मेडिकल स्टाफ, राजनीतिक तथा सरकारी कर्मचारीका लागि दिइएको छ । ती भ्याक्सिन लगाएका व्यक्ति विभिन्न देशमा रहेका थिए । विदेशमै पठाएर भ्याक्सिन लगाइएको थियो ।

ग्लोबल टाइम्सकाअनुसार वुहान विश्वविद्यालयका प्याथोजन बायोलोजी विभागका याङ्ग झाङ क्यूले पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षण सफल भएजस्तै तेस्रो चरण पनि सफल हुने बताउँछन् । अहिलेसम्मको परीक्षणले आफूहरु उत्साहित भएको उनको भनाइ छ । चीनले विभिन्न ३ प्रकारका कोरोनाविरुद्धका भ्याक्सिन परीक्षण तेस्रो चरणमा गरिसकेको छ ।


सम्बन्धित खबरहरु