अमेरिकाले रद्द गर्यो हजारभन्दा बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा, यस्ताे छ कारण

ओकेखबर संवाददाता २६ भाद्र २०७७, शुक्रबार ०७:०८ मा प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

एजेन्सी । राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै अमेरिकाले एक हजार भन्दा बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ।

गएको मे मा चीनको सेनासँग सम्बन्ध भएका चिनियाँ अनुसन्धानकर्ताले केही जानकारी तथा बौद्धिक सम्पत्ति चोरी गरेको हुन सक्ने अभियोग अमेरिकाले लगाएको थियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँबाट त्यस्ता गतिविधि हुन सक्ने वा भएको भन्दै आएका थिए ।

चीनले भने अमेरिकाले रंगभेदी व्यवहार लिएको आरोप लगाएको छ । सन् २०१८(१९ को शैक्षिक सत्रमा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीहरु अमेरिकाका विश्वविद्यालयलमा भर्ना भएका थिए ।

अमेरिकाको विदेश मन्त्रालयले भिसा रद्द गरिएका चिनियाँहरुलाई उच्च जोखिम निम्त्याउन सक्ने ग्र्याजुएट तथा रिसर्च स्कलर भनेको छ ।

वैध रुपमा अध्ययनका लागि आउन चाहने चिनियाँ विद्यार्थीलाई सदैव स्वागत गरिने तर चिनियाँ कम्युनिष्ट पार्टीको सैन्य दबदबा पूरा गर्ने उद्देश्यलाई भने कुनै पनि हालतमा स्वीकार गर्न नसकिने अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकी आरोपलाई खारेज गरेको छ ।

 


सम्बन्धित खबरहरु