निषेधाज्ञाले दुध बेच्न नपाएपछि रोडमा दुध पोखेर विरोध

ओकेखबर संवाददाता १३ भाद्र २०७७, शनिबार १५:०८ मा प्रकाशित ( साल अघि) ५६५ पाठक संख्या

निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकेर बिरोध गरेको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

 

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको हो । भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।

 

निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

 

काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।


सम्बन्धित खबरहरु