होम डेलिभरी सेवा बन्द गर्दा विवेकशिल नेपालको यस्तो आक्रोश

ओकेखबर संवाददाता १३ भाद्र २०७७, शनिबार ११:२८ मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आक्रोश पोखेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।

 

दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

 

विवेकशील नेपाली दलले ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न मागसमेत गरेको छ ।


सम्बन्धित खबरहरु