कोरोना संक्रमणबाट कांग्रेस नेताको मृत्यु

ओकेखबर संवाददाता ९ भाद्र २०७७, मंगलवार १४:०३ मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।

२९ साउनमा उनलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ३१ गते सशस्त्र प्रहरी अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाेमा अवस्था जटिल बन्दै गएपछि ३२ साउनदेखि उनलाई भेन्टिलेटरमा राखिएकाे थियाे ।

वसन्तपुर घर भएका उनकाे केही बेरअघि मृत्यु भएकाे सशस्त्र प्रहरी अस्पतालले जनाएकाे छ ।


सम्बन्धित खबरहरु