सुनको मुल्य घट्यो, आजको मुल्य कति ?

ओकेखबर संवाददाता ९ भाद्र २०७७, मंगलवार १२:०० मा प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलबार पनि सोमबारकै भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खबरहरु