भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

ओकेखबर संवाददाता ९ भाद्र २०७७, मंगलवार १०:५८ मा प्रकाशित ( साल अघि) २९८ पाठक संख्या

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रहरीका अनुसार यही ५ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो ।

 

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

 

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु