नाली सफा गर्ने विषयमा कुटाकुट, १ को मृत्यु, २ घाइते

ओकेखबर संवाददाता १ भाद्र २०७७, सोमबार १५:०८ मा प्रकाशित ( साल अघि) ३२० पाठक संख्या

नाली सफा गर्ने विषयमा झगडा हुँदा कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका-८ का ७० वर्षीय हरिाम पासीको मृत्यु भएको हो । त्यस्तै कुटाकुट हुँदा ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन् ।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले बताए । घटना आइतबार दिउँसो पौने ३ बजेतिरको हो ।

कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारी दिए ।


सम्बन्धित खबरहरु