लिदी पहिरो : २२ को शव फेला, १७ जना अझै बेपत्ता

ओकेखबर संवाददाता १ भाद्र २०७७, सोमबार १३:५० मा प्रकाशित ( साल अघि) २७१ पाठक संख्या

शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्य १७ जनाको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।


सम्बन्धित खबरहरु