नेविसंघद्वारा देशभर प्रदर्शनको घोषणा

ओकेखबर संवाददाता ३२ श्रावण २०७७, आईतवार १४:३० मा प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले देश भर प्रदशन गर्ने भएको छ । काठमाडौं र विरगंजमा पक्राउ गरीएका विद्यार्थी नेताहरु माथि राज्य पक्षबाट लगाइएका झुठा मुद्दा खारेजी र राज्य आतंक बन्द गर भन्दै आन्दोलन घोषणा गरेको हो ।   शैक्षिक सुधारको माग राखी आन्दोलनमा रहेका विद्यार्थीमाथी त्रिवि पदाधिकारीसंग वार्ताको लागि जादै गर्दा र वीरगन्जमा कोरोना सम्बन्धि उपचारको माग राखी आन्दोलनमा रहेका नेताहरु माथि पुर्वाग्रह राखी पक्राउ गरिएको प्रति ध्यानाकर्षण सहित विद्यार्थी नेताहरुको रिहाईको माग गरेको छ । नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना द्वारा हस्ताक्षरित विज्ञप्तिमा भोलि भाद्र १ गते देश भरका क्याम्पसमा तालाबन्दी , भाद्र २ गते बिहान ९ बजे क्याम्पस अगाडी सामाजिक दुरि सहित १० जनाले प्रदर्शन गर्ने उल्लेख छ । 


सम्बन्धित खबरहरु