आजदेखि काठमाडौं आउन-जान पास नपाइने

ओकेखबर संवाददाता २९ श्रावण २०७७, बिहीबार १६:२० मा प्रकाशित ( साल अघि) ३०० पाठक संख्या

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण बन्द गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले अर्काे सूचना नआइन्जेलका लागि काठमाडौं आउजाउ गर्न उपलब्ध गराइने सबै खालका पास वितरणमा रोक लगाइएको जनाएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेपछि गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनअनुसार पास वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बताए


सम्बन्धित खबरहरु