प्रहरीको कपाल काट्नेलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता २५ श्रावण २०७७, आईतवार १७:१५ मा प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जनामा कोरोना भाइसर पोजिटिभ देखिएको छ ।

प्रहरी कार्यालयमा कपाल काट्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । कोरोना देखिएसँगै रानीपोखरी कार्यालयका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

२ सय भन्दा वढी प्रहरी कार्यरत सो कार्यालयका आधा प्रहरीलाई महाराजगञ्जस्थित २ नम्बर प्रहरी गणमा राखिएको छ भने आधालाई रानीपोखरी कार्यालयमै आइसोलेट गरिएको छ ।

कोरोना देखिएपछि कार्यालयमा प्रवेश निधेष गरिएको कार्यालयले जनाएको छ ।


सम्बन्धित खबरहरु