२३ तोला सुनसहित १ जना पक्राउ

ओकेखबर संवाददाता २५ श्रावण २०७७, आईतवार १५:३५ मा प्रकाशित ( साल अघि) ३१७ पाठक संख्या

विराटनगर। तस्करी गरी अवैध रूपमा भारतर्फ लैजाँदै गरेको २३ तोला सुनसहित सशस्त्र प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

विराटनगर १७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले सीमाक्षेत्रबाट २ सय ६७ ग्राम (२३ तोला) सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका गुप्ता भरिया रहेको खुलेको छ ।

बरामद गरेको सुनको मूल्य २७ लाख ६७ हजार रुपैयाँ रहेको जनाइएको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइलसमेत बरामद गरेको छ ।

दूध पुर्‍याउन जान लागेको बहानामा भारतर्फ लैजाने क्रममा २ सय ६७ ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

सीमासँग जोडिएको मोरङको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरी बलको बीओपी बखरी पोष्टले अवैध सुन बरामद गरेको हो ।  प्रहरीले बरामद गरेको सुनसहित गुप्तालाई विराटनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ ।

 


सम्बन्धित खबरहरु