काठमाडौंमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

ओकेखबर संवाददाता २५ श्रावण २०७७, आईतवार १५:०५ मा प्रकाशित ( साल अघि) ३१० पाठक संख्या

काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । शवलाई शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ ।


सम्बन्धित खबरहरु