चर्चित हलिउड सिनेमा निर्माता हार्वी यौन उत्पीडन मामिलामा दोषी ठहर

ओकेखबर संवाददाता १३ फाल्गुन २०७६, मंगलवार ०९:०० मा प्रकाशित ( साल अघि) २९१ पाठक संख्या

काठमाडौं । चर्चित हलिउड सिनेमा निर्माता हार्वी वाइनस्टीन यौन उत्पीडन तथा बलात्कारको मामिलामा दोषी ठहर भएका छन्। उनीमाथि ८० बढी महिलाले आफ्नो यौन उत्पीडन गरेको आरोप लगाएका थिए।

पाँच महिलासहित सात पुरूषको जुरीले पाँच दिनसम्मको विचारविमर्शपछि वाइन्स्टीनलाई थर्ड डिग्री रेप र फस्ट डिग्री आपाराधिक यौन गतिविधिमा दोषी ठहर गरेको हो। उनलाई यी मामिलाहरुमा २५ वर्षसम्मको कारावास सजाय हुनसक्नेछ।

उनीमाथि चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोली र ग्वीनेथ पाल्त्रोवसमेत हलिउडसँग जोडिएका कयौं परिचत महिलाले यौन उत्पीडनको आरोप लगाएका छन्। उनीमाथि अहिले पनि दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा लस एन्जल्समा चलिरहेको छ। तर ६७ वर्षिय वाइवस्टीनमाथि फस्ट डिग्री रेपका कयौं आरोपित मामिलाहरू भने प्रमाणित भएका छैनन्।

न्यू योर्क टाइम्सलाई पठाएको आफ्नो बयानमा जोली युवा उमेर हार्वी वाइनस्टीनसँग आफ्नो एकदमै नराम्रो अनुभव भएको र सोही कारणले गर्दा आफूले कहिले पनि उनीसँग काम नगरेको बताएकी थिइन्।

यसैगरी शेक्सपियर इन लभ जस्ता सिनेमाका लागि चर्चित पाल्त्रोवले एम्मा नामक सिनेमाको मुख्य भूमिकामा छानिएपछि हार्वीले एक होटलमा बोलाएर आफ्नो हात समाउँदै बेडरुममा मालिश गर्नुपर्ने कुरा गरेको घटना सार्वजनिक गरेकी थिइन्।

सन् १९९६ मा ओस्कार जितेकी अभिनेत्री मीरा सार्विनोले पनि हार्वीमाथी सम्बन्ध बनाउन दबाबको कोशिश गरेको आरोप लगाएकी थिइन्। अमेरिकाका ठूला राजनीतिक व्यक्तिसँग हार्वीको गतिलै सम्बन्ध छ। उनी हिलारी क्लिन्टन तथा बराक ओबामाको पार्टीलाई ठूलो मात्रामा चन्दा दिने व्यक्तिमा पर्छन् । एजेन्सी


सम्बन्धित खबरहरु