‘प्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ’

ओकेखबर संवाददाता ११ फाल्गुन २०७६, आईतवार १८:२८ मा प्रकाशित ( साल अघि) २९३ पाठक संख्या

पोखरा । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाएका राजधानी दैनिकले खबर लेखेको छ।

समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दै अध्यक्ष भट्टराईले ओली सरकारका सुचना तथा संचार मन्त्री एवम प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका बारेमा ७० करोड कमिशनको डिलिङ गरेको दावी गरे ।

‘कमिशन सेटिङको अडियो बाहिरिएपछि हाल राजीनामा दिएका प्रम ओलीका प्रिय गोकुल बास्कोटा ओलीकै घरमा बस्छन भनेको सुनेको छु, तर मैले आफ्नै आँखाले भने देखेको छैन’ पुर्वप्रधानमन्त्री भट्टराईको भनाई थियो ।

बास्कोटाको कमिशन सेटिङको अडियोको बारेमा प्रधानमन्त्रीलाई दुई महिना अघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिशनको खेलमा ओलीको संग्लनता भएको डा।भट्टराईले आशंका व्यक्त गरे । ‘बास्कोटा एक्लैले यो आँट गरेका छैनन, घटनामा प्रधानमन्त्री ओली चोखो छैनन ।’ उनले भने ।


सम्बन्धित खबरहरु