आज यी प्रदेशमा भारी वर्षा

ओकेखबर संवाददाता ११ श्रावण २०८१, शुक्रबार ०६:०२ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको जनाएकाे छ। आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागकाे भनाइ छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएकाे छ। विभागकाे भनाइमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।


सम्बन्धित खबरहरु