अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे बजेट

ओकेखबर संवाददाता ८ श्रावण २०८१, मंगलवार ०८:२८ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

सिरहा । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।

घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।

प्रमुखले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए ।


सम्बन्धित खबरहरु