प्रतिनिधिसभा बैठक बस्दै, सांसद्को प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

ओकेखबर संवाददाता ८ श्रावण २०८१, मंगलवार ०८:२६ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।


सम्बन्धित खबरहरु