पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

ओकेखबर संवाददाता ७ श्रावण २०८१, सोमबार ०८:५८ मा प्रकाशित ( महिना अघि) ६१ पाठक संख्या

सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गएराति चन्द्रनगर गाउँपालिका वडा नं.१ स्थित घरमा उनको हत्या भएको हो ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । रायको कसले हत्या गरेको खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित खबरहरु