एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

ओकेखबर संवाददाता ६ श्रावण २०८१, आईतवार ०८:०५ मा प्रकाशित ( महिना अघि) ७१ पाठक संख्या

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो ।

यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एशिया कपमा सहभागी नेपाली महिला टोली सबै नौ खेलमा पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो । आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।


सम्बन्धित खबरहरु