बंगलादेशमा हिंसा भड्किएपछि नेपाली दूतावासद्वारा सचेतना जारी

ओकेखबर संवाददाता ३ श्रावण २०८१, बिहीबार ०८:१० मा प्रकाशित ( महिना अघि) ८६ पाठक संख्या

काठमाडौं । बंगलादेशमा हिंसा भड्किएपछि नेपाली दूतावासले सचेतना जारी गरेको छ ।

कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको हो ।

हिंसा भड्किएसँगै र बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । दूतावासले यसै सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न पनि दूतावासले भनेको छ ।


सम्बन्धित खबरहरु