भन्सार महशुल विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

ओकेखबर संवाददाता १ श्रावण २०८१, मंगलवार ०८:२२ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गर्नुभएको थियो ।

प्रश्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रश्तुत गर्नुभएको सो प्रश्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्ने भएको छ ।


सम्बन्धित खबरहरु