कराँते टोली भुटान प्रस्थान

ओकेखबर संवाददाता १ श्रावण २०८१, मंगलवार ०८:१२ मा प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको आठौँ संस्करण आयोजना हुँदैछ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका ७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमै भएको सातौँ संस्करणमा नेपाल ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो ।

यसपटक पनि सोही सफलता दोहो¥याउने नेपाली टोलीको लक्ष्य छ । प्रतियोगितामा सहभागि यो टोली अन्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागि नेपालको अहिलेसम्मकै ठूलो टोली हो ।


सम्बन्धित खबरहरु