एमालेबाट ८ मन्त्रीको लाग्यो टुंगो

ओकेखबर संवाददाता ३२ असार २०८१, सोमबार ०९:०७ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने ८ मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बालकोटमा बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्ग्याएको हो ।

शीर्ष बैठकले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ ।


सम्बन्धित खबरहरु