युरोपियन फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनल

ओकेखबर संवाददाता २२ असार २०८१, शुक्रबार ०६:५८ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

काठमाडौं । जर्मनीमा जारी युरोपियन फुटबल च्याम्पियनसिपको क्वार्टरफाइनल खेलहरु आजबाट हुनेछन् ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक जर्मनीले स्पेनको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आज बेलुकी पौने १० बजे स्टुटगार्टमा हुनेछ । राउण्ड अफ सिक्सटिनमा जर्जियालाई ४–१ ले हराउँदै स्पेन तथा डेनमार्कलाई २–० ले हराउँदै जर्मनी क्वार्टरफाइनलमा पुगेका हुन् ।

आजै राती पौने १ बजे हुने खेलमा फ्रान्स र पोर्चुगल भिड्नेछन् । यो खेललाई फ्रान्सका किलियन एम्बाप्पे र पोर्चुगलका क्रिश्चियानो रोनाल्डोबिचको टक्करको रुपमा पनि हेरिएको छ ।

राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सले बेल्जीयमलाई १–० ले हराएको थियो भने पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।


सम्बन्धित खबरहरु