कुमार राई यु-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

ओकेखबर संवाददाता २२ असार २०८१, शुक्रबार ०८:५७ मा प्रकाशित ( महिना अघि) ७८ पाठक संख्या

काठमाडौं । कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिइएको छ ।

नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक राईलाई महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिएको हो ।

साउन पहिलो सातादेखि माल्दिभ्समा हुन लागेको काभा यु–२० भलिबल च्याम्पियनसिपका लागि राईलाई प्रशिक्षकको जिम्मेदारी दिएको हो ।

यसैगरी, संघले अर्जुन घिमिरेलाई सहायक प्रशिक्षक र जुनु पुनलाई टोलीको व्यवस्थापकको जिम्मेदारी दिएको छ । महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा परिचित राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक रहिसक्नुभएको छ ।

 


सम्बन्धित खबरहरु