एसईई नतिजा कजाेर : केपी ओलीले शिक्षकलाई दोष दिए, शिक्षामन्त्री श्रेष्ठले गरिन् प्रतिवाद

ओकेखबर संवाददाता २२ असार २०८१, शुक्रबार ०८:४८ मा प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकले राम्रोसँग नपढाउँदा एसईई नतिजा राम्रो नभएको भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा प्रतिवाद गरेकी छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एसईईको नतिजा खस्कनुमा मुख्य जिम्मेवार शिक्षक भएको प्रतिक्रिया दिएका थिए।

बिहीबार बेलुकी शिक्षामन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न फाइल अगाडि बढाउँदा ओलीले सरकार नै परिवर्तन गर्न खोजेको बताउँदै शिक्षक राजनीतिकमा लाग्दा पठनपाठन प्रभावकारी नभएकाे आशय व्यक्त गरेकी छन्।
शिक्षामन्त्री श्रेष्ठले लेखेकी छन्, ‘आदरणीय केपी बा! शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकारनै परिवर्तन गर्न खोज्ने।’
मन्त्री श्रेष्ठले अ्धयक्ष ओलीलाई चुनौती दिँदै अब शिक्षकले एमालेको सिद्धान्त पढाए मात्र भनेकी छन्। उनले लेखेकी छन्,‘तपाईँको शिक्षकले तपाईँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’


सम्बन्धित खबरहरु