बढ्यो इन्धनको मूल्य, प्रतिलिटर कति?

ओकेखबर संवाददाता १८ असार २०८१, सोमबार ०८:१४ मा प्रकाशित ( महिना अघि) ५७ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढेको जानकारी दिएको हो।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६६ र तेस्रो वर्गका लागि १६७ कायम भएको छ।
डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५४ रुपैयाँ ५० पैसा, १५६ रुपैयाँ र १५७ रुपैयाँ पुगेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुन्छ।


सम्बन्धित खबरहरु