बुमराह टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी

ओकेखबर संवाददाता १७ असार २०८१, आईतवार ०९:०३ मा प्रकाशित ( महिना अघि) ५३ पाठक संख्या

विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे। उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २-२ विकेट लिएका थिए।

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । शनिबार राति बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए। यसअघि भारतले सन् २००७ मा पाकिस्तानलाई हराउँदै टी-२० विश्वकपको पहिलो उपाधि जितेको थियो


सम्बन्धित खबरहरु