खोटाङमा सबैभन्दा धेरै बेरुजु, अन्य कुन स्थानीय तहमा कति ?

ओकेखबर संवाददाता ११ असार २०८१, सोमबार ०७:४३ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

खोटाङ । खोटाङमा बेरुजु ३३ करोड ६० लाख करोड देखिएको छ । भर्खरै प्रकाशित महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिबेदन’ले आर्थिक वर्ष ०७९ /८० मा खोटाङका १० स्थानीयतहको बेरुजु रकम ३३ करोड ६० लाख ६ हजार देखाएको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटेहाङ गाउँपातलका सबैभन्दा धेरै बेरुजु देखिएको छ । खोटेहाङमा ७ करोड ३४ लाख, ४५ हजार बेरुजु देखिएको छ भने सबैभन्दा कम हलेसी तुवुाचङु नगरपातलकामा देखिएको छ। जहाँ ८७ लाख २४ हजार बेरुजु देखिएको छ।

त्यस्तै, बराहपोखरी गाउँपालिकामा ३ करोड ५१ हजार, दिक्तेल रुपाकोट मझवुागढी नगरपातलकामा ३ करोड ४५ लाख ३ हजार, ऐसेलुखर्क गाउँपातलकामा ३ करोड ३२ लाख, ७४ हजार, केपिलासगढी गाउँपातलकामा ३ करोड २६ लाख ५४ हजार बेरुजु देखिएको छ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार जन्तेढुङ्गा गाउँपातलकामा ४ करोड ४४ लाख, दिप्रङु चइुचुम्म गाउँपातलका ५ करोड ३३ लाख ५८ हजार, रावा वेसी गाउँपातलका १ करोड १९ लाख ४८ हजार र साकेला गाउँपातलकामा ४ करोड ६९ लाख २३ हजार बेरुजु देखिएको छ ।


सम्बन्धित खबरहरु