नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

ओकेखबर संवाददाता ३ असार २०८१, आईतवार ०८:५७ मा प्रकाशित ( महिना अघि) १०१ पाठक संख्या

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । जेठ महिनाका बैंकहरुले न्यूनतम ५.६६ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए ।

असार महिनाका लागि हिमालयन बैंक, माछापुच्छ्रेे बैंक र नबिल बैंकले क्रमशः ८.२५ प्रतिशत, ७.५ प्रतिशत र ७ प्रतिशतले बाहेक बाँकी १८ वटा बैंकले ब्याजदर बढाएका छैनन् । जेठ महिनाका लागि हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशत र नबिल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

जेठका लागि ५.६६६१ प्रतिशत ब्याजदर प्रदान गरेको कृषि विकास बैंकले असार महिनाका लागि पनि सोही ब्याजदर तोकेको छ । यस्तै, नेपाल बैंकले पनि यसै महिनाको ६.७५ प्रतिशतको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने जनाएको छ ।

इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिएका छन् । प्रभु बैंकले पनि हालको ७.५ प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

तर एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम कमर्सियल, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने केही ब्याजदर घटाएका छन् ।


सम्बन्धित खबरहरु