निगमले घटायो इन्धनको मूल्य, के मा कति घट्यो?

ओकेखबर संवाददाता ३ असार २०८१, आईतवार ०७:५३ मा प्रकाशित ( महिना अघि) ६६ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल) कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

 

नयाँ मूल्यसूची हेर्नोस्–


सम्बन्धित खबरहरु