अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा, केही क्षेत्रमा आपत्कालको घोषणा

ओकेखबर संवाददाता १ असार २०८१, शुक्रबार ०७:३१ मा प्रकाशित ( महिना अघि) ९८ पाठक संख्या

अमेरिकाको फ्लोरिडाका केही ठाउँमा लगातारको भारी वर्षाका कारण आपत्कालको घोषणा भएको छ । गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि  ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको हो ।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड राज्यका केही भागमा अझै पनि बाढीले घर, कार्यालय र सडकहरूलाई असर गरिरहेको जनाएको द न्यूयोर्क टाइम्सले जनाएको छ । अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो ।

आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा हरेक वर्ष वर्षा र तूफान आउने गरेको छ  ।


सम्बन्धित खबरहरु