विकल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा

ओकेखबर संवाददाता १० जेष्ठ २०८१, बिहीबार ०७:२० मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्वाभाविक जीवनशैली र आर्जन देखिएको भन्दै आयोगले बुधवार मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको अभियोगपत्रमा पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामासमेत रकम लुकाएको दाबी गरिएको छ ।

यसअघि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मङ्गलबार मात्रै विशेष अदालतले पौडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो ।

अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा पनि विचाराधीन छन् ।


सम्बन्धित खबरहरु