टेबल टेनिसका स्यान्टु पेरिस ओलम्पिक २०२४ का लागि छनोट

ओकेखबर संवाददाता ३ जेष्ठ २०८१, बिहीबार ०८:१२ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरमा रहेको  राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए ।

यसअघि तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टले ओलम्पिक खेलेका थिए । यसैगरी केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छन् । हिजो फाइनलअगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने निश्चित भइसकेको थियो ।

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसले नेपालबाट पहिलो ओलम्पिक खेलाडीको सहभागिता निश्चित भएको थियो । स्यान्टुले श्रीलङ्काका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई हराउँदै फाइनलमा पुगेका थिए ।


सम्बन्धित खबरहरु