लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, ८ जनालाई सफाई

ओकेखबर संवाददाता २६ चैत्र २०८०, सोमबार ०८:२१ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

एकपछि अर्को आर्थिक विवाद र अनियमिततामा मुछिएका न्यौपानेसहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आइतबार विशेष अदालतले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको हो । सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ । प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनाले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अनुसार न्यौपानेले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेका थिए । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।


सम्बन्धित खबरहरु