मृत्यु भएका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
ओकेखबर संवाददाता
३० फाल्गुन २०८०, बुधबार १८:३५ मा प्रकाशित (११ महिना अघि)
६८ पाठक संख्या
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता बनाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।