एआईका कारण विश्वभर ४० प्रतिशत जागिर प्रभावित हुन सक्ने

ओकेखबर संवाददाता १ माघ २०८०, सोमबार १८:३५ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

एक अध्ययनले कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स– एआई प्रविधिका कारण विश्वभर ४० प्रतिशत जागिर प्रभावित हुने देखिएको छ ।

उदीयमान बजार र काम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएका देशहरूले धेरै जोखिमको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को विश्लेषणमा उल्लेख छ ।

एआईको विस्तारले यसको फाइदा र जोखिमको छलफललाई तीव्र बनाएको छ । विकसित अर्थतन्त्र भएका देशमा भने ६० प्रतिशत जागिर एआईबाट प्रभावित हुने आईएमएफले बताएको छ । कम आय भएका देशमा प्रविधिका कारण २६ प्रतिशत जागिरमा मात्रै असर पुग्ने प्रक्षेपण गरेको छ ।

धेरै अवस्थामा एआईले अहिले मानिसले गरिरहेका काम गर्ने क्षमता राख्ने र यसले श्रमिकको मागमा कमी आउने विश्लेषणमा उल्लेख छ ।


सम्बन्धित खबरहरु