मर्दी हिमाल पदयात्राबाट विदेशी पर्यटक बेपत्ता

ओकेखबर संवाददाता १५ पुष २०८०, आईतवार १०:२४ मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या

कास्की । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन्। शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक साँझसम्म होटल नफर्केको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए।

मर्दी हिमाल पदयात्रा माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। पालिकाले पछिल्लो समय पर्यटन सूचना केन्द्र सञ्चालनको काम थालेको छ। तर, ती पर्यटकले पालिकाले दिएको फाराम पूरा नभरेको पाइएको छ।

पर्यटक हराएपछि खोजी थालिएको र प्रहरीलाई खबर गरिएको गुरुङले जनाए। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सो क्षेत्रमा पालिकाले पर्यटन सूचना केन्द्रसँगै उद्धार टोली राख्ने तयारी गरे पनि एक्यापले स्वीकृति नदिँदा काम रोकिएको अध्यक्ष गुरुङको दाबी छ।

पालिकाको उद्धार टोली भएको भए सजिलो हुने पनि उनले बताए।


सम्बन्धित खबरहरु