सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको संसदीय सुनुवाइ हुँदै

ओकेखबर संवाददाता १ पुष २०८०, आईतवार ०८:५२ मा प्रकाशित ( महिना अघि) २८ पाठक संख्या

काठमाडौं। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्न लागेकाे हाे।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ। यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो।

 


सम्बन्धित खबरहरु