नेपाल सुपर लिग : ललितपुर र झापाबीचकाे खेल गाेलरहित बराबरी

ओकेखबर संवाददाता २९ मंसिर २०८०, शुक्रबार १९:४५ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र झापा एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने हुन सकेन । याे बराबरीसँगै दुवै टाेलीले अङ्क बाँडेका छन् । ललितपुरले तालिकाकाे शीर्ष स्थानमा पुग्ने माैका गुमायाे ।

ललितपुर ६ खेलमा १० अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा यथावत् छ । झापा ६ खेलमा ७ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लेको छ ।

प्रतियाेगितामा भाेलि शनिवार दशरथ रङ्गशालामा २ वटा खेल हुँदैछ । पहिलाे खेलमा दिउँसाे १ बजे पाेखरा थन्डर्स र वीरगञ्ज युनाइटेड एफसी खेल्नेछन् भने दाेस्राे खेलमा बेलुकी ५ बजे स्पाेर्टिङ इलाम एफसी र एफसी चितवन खेल्नेछन् ।


सम्बन्धित खबरहरु