दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

ओकेखबर संवाददाता २८ मंसिर २०८०, बिहीबार ०९:१७ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको हो । ती कम्पनीहरुलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।


सम्बन्धित खबरहरु