सिग्देलको रथीमा बढुवा सिफारिस रक्षा मन्त्रालय पुग्यो

ओकेखबर संवाददाता १८ मंसिर २०८०, सोमबार ०८:१८ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । सिग्देलको बढुवाका लागि सेनाले सात दिने सूचना निकालेको थियो ।

उमेर विवादका कारण सेनाले रथीमा सिफारिस गरेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि वरियताका आधारमा सेनाले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

सैनिक मुख्यालयले आइतबार रक्षा मन्त्रालयमा उनको सिफारिस पठाएपछि मन्त्रिपरिषदको बैठकले बढुवावारे निर्णय गर्नेछ । सिग्देल रथीमा बढुवा भएको अवस्थामा हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएपछि उनि सेनापति बन्ने छन्।


सम्बन्धित खबरहरु