बारामा शिक्षक मृत फेला

ओकेखबर संवाददाता ९ मंसिर २०८०, शनिबार १७:५७ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

वीरगञ्ज । बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन्।

उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए। उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ।

उनको मृत्यु कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन्। उनी तलब नपाएपछि आन्दोलनरत थिए।


सम्बन्धित खबरहरु