व्यवस्था होइन, नेताको विकल्प खोज्नुपर्छ : रवि लामिछाने

ओकेखबर संवाददाता ९ मंसिर २०८०, शनिबार १७:४० मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

सभापति लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताए । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएको उनले बताए । ‘संसारकै सुन्दर व्यवस्था लोकतन्त्र हो । यो व्यवस्थाको विरोधमा हैन, लामो समयदेखि यो व्यवस्था सञ्चालन गरेका नेताको विकल्प खोज्नुपर्छ,’ उनले भने ।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए । दुर्गा प्रसाईँको नेता, दल र सरकारप्रतिको निराशा भएको उनको भनाई छ ।


सम्बन्धित खबरहरु