फेरी सुनचाँदीको भाउ बढ्यो , कति छ आजको मुल्य ?

ओकेखबर संवाददाता २ आश्विन २०७७, शुक्रबार १२:१४ मा प्रकाशित ( साल अघि) ३९६ पाठक संख्या

शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजार १ सयमा कारोबार भएको तेजावी सुनको मूल्य आज बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ३ सय २० मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु