चितवनका मेयरलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता २ आश्विन २०७७, शुक्रबार ११:५४ मा प्रकाशित ( साल अघि) ३४० पाठक संख्या

चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको छ ।

भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।

 

नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । स्वाब दिने बेलामा केही लक्षण देखिएको भए पनि अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको मेयर बनले बताए ।

उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।


सम्बन्धित खबरहरु