सोह्र श्राद्धको खाना खाँदा एकजनाको मृत्यु

ओकेखबर संवाददाता ३१ भाद्र २०७७, बुधबार १६:२४ मा प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

कैलालीमा सोह्र श्राद्धको खाना खाएर बिरामी परेकामध्ये एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरामा भदौ २७ गते श्राद्धको खाना खाएपछि १९ जना बिरामी परेका थिए । बिरामी परेकामध्ये स्थानीय सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

 

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए । उनले श्राद्धको खाना खाएर १९ जना बिरामी भएको र १ जनाको मृत्यु भएको जानकारी दिए ।

 

उनका अनुसार बिरामी परेका सबै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनीहरुलाई धनगढीका बिभिन्न अस्पतालमा भर्ना गरिएको हो ।

 

सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले फुड पोइजनिङका कारण बिरामीहरुमा उच्च ज्वरो लगायतका लक्षण देखिएको हुन सक्ने बताए ।


सम्बन्धित खबरहरु